बने सरकारी लगानीबाट ६२ र निजीबाट २ सय चार्जिङ्ग स्टेशन

 ग्लोबल टिभि           0

माघ २५- सरकारले विद्युतीय उपकरणको उपयोग प्रवर्द्धन गर्न ६२ वटा सरकारी र निजी लगानीबाट करिब २ सय थप चार्जिङ्ग स्टेसन निर्माण भएको जनाएको छ।

बिहीवार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको चालू आव ०८१र८२ बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा ती चार्जिङ्ग स्टेसन निर्माण भएको उल्लेख छ।

प्रतिवेदनमा हालसम्म ५९ हजार ३८५ विद्युतीय चुलो, ४ लाख ५४ हजार ४ सय घरायसी बायोग्याँस प्लान्ट निर्माण भएको पनि उल्लेख छ।

‘१ लाख ४९ हजार ४९० वटा सुधारिएको चुलो, ३७३ वटा संस्थागत, सामुदायिक तथा फोहोरबाट ऊर्जा आयोजना निर्माण भएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

यस्तै, ऊर्जातर्फ ऊर्जा, विकास मार्गचित्र सरकारबाट स्वीकृत भएको र बंगलादेशमा विद्युत निर्यात शुरु गरिएको सरकारले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *