अभियन्ता ‘भनौदा’ ज्ञानेन्द्र शाहीको दादागिरी, पत्रकार शिखा श्रेष्ठ र धिरज बस्नेतलाई धम्की
ग्लोबल टिभि
बुधबार, असार २, २०७८ 0
आफुलाई अभियन्ता बताउने गरेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले पत्रकारलाई अपशव्द प्रयोग गरेर धम्क्याएका छन् ।
जनता टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘वाइलाईन’ मार्फत सुर्खेतमा शाहीले मदिरा शेवन गरी स्थायनीयसँग गरेको दुर्व्यवहार र शाहीमाथि भएको कुटपिट घटनालाई कार्यक्रममा प्रशारण भएको थियो ।
उक्त सामग्री प्रशारण गरेको भन्दै कार्यक्रम प्रस्तोता बस्नेत सहित श्रेष्ठलाई अपशव्द सहित गालीगलौज गरेको श्रेष्ठले ग्लोवललाई जानकारी दिइन् । पत्रकार माथि गुण्डागर्दी शैलीमा धम्क्याएपछि पत्रकार महासंघले विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ ।
चित्त ंनबुझेको खण्डमा अन्य कानुनी पाटो हुँदाखेरी पनि पत्रकारलाई धम्क्याउने कार्य आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी भएको महासंघको ठहर छ । महासचिव रोसन पुरीले एक विज्ञप्ती जारी गर्दै पत्रकारका सुरक्षामा विशेष ध्यान दिन समेत सम्वन्धीत निकायसंग माग गरेको छ ।
विज्ञप्ती:
मितिः २०७८।०३।०२
समाचार प्रसारण भएको विषयलाई लिएर जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले टेलिफोनबाट अपशब्द प्रयोग गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको थियो । सोही विषयमा जेठ ३१ गते सोमबार जनता टेलिभिजनको ‘वाइलाइन’ कार्यक्रम अर्न्तर्गत समाचार सामग्री प्रसारण भएपछि निज शाहीले असार १ गते पत्रकार श्रेष्ठलाई फोन गरी आफू र कार्यक्रमका प्रस्तोता बस्नेतलाई पनि अपशब्द प्रयोग गर्दै धम्क्याएको पीडित पत्रकारले महासंघमा जानकारी गराउनु भएको छ ।
प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई यस किसिमले धम्क्याएको घटना आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।
Leave a Reply