खनालको प्रश्न-प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन नैतिकताले पदमा बसिरहनुहुन्छ ?

 ग्लोबल टिभि           0

माघ २९- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रहरी सुरक्षित नहुने देशमा सामान्य नागरिक कसरी सुरक्षित हुन्छन् भन्दै गृहमन्त्रीको नैतिकतामाथि प्रश्न गरेका छन्।

प्रतिनिधि सभामा बोल्दै खनालले विद्यार्थीहरूको नामममा दादागीरी गर्ने र सत्ता टिकाउन एमालेको भातृ संगठन अखिल समर्थक विद्यार्थीहरूलाई गृहमन्त्रीले पक्राउ गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

‘गृहमन्त्रीको कमाण्डमा रहेको प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन आधारमा पदमा बसिरहने होरु हामीलाई जवाफ दिनुहोला’,उनले भने।

युवाहरू विदेश पलायन भए भनेर सबैको चिन्ता रहे पनि यो देशमा बस्ने वातावरण राज्यले बनाउन नसकेको उनले बताए। उनले भने, ‘सुरक्षा छैन। अनि युवाहरू किन बस्ने यहाँरु तपाईंहरूलाई भोट हाल्न ?’

केही दिन अगाडि ठमेलमा अस्कलमा पढ्ने एमाले निकट विद्यार्थी नेताहरूले प्रहरीलाई कुटपिट गरेका थिए। प्रहरीमाथि कुटपिट गर्ने दिनेश सिग्देल र रशेम फुलरालाई पक्राउ गरिए पनि मुख्य आक्रमणकारीलाई प्रहरीले अझै पक्राउ गरेको छैन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *