दक्षिण अफ्रिकामाथि पाकिस्तानको कीर्तिमानी जित

 ग्लोबल टिभि           0

फागुन १-  दक्षिण अफ्रिका माथि ६ विकेटको कीर्तिमानी जीत निकाल्दै पाकिस्तान त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गरेको छ।

घरेलु टिमका लागि कप्तान मोहम्मद रिजवान र सलमान आघाले शतक प्रहार गरे। कराचीस्थित नेशनल पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा पाँच विकेट गुमाएर ३ सय ५२ रनको विशाल योगफल बनाएको थियो।

कप्तान टेम्बा बाभुमाले ८२, म्याथ्यु ब्रिट्ज्केले ८३ र हेनरिच क्लासेनले ८७ रन बनाए। काइल भरेन ४४ रनमा अविजीत रहे। साहिन साह अफ्रिदीले दुइ तथा नसिम साह र खुश्दिल साहले एक–एक विकेट लिए। जवाफमा पाकिस्तानले ४९ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पूरा गर्यो।

पाकिस्तानले आफ्नो ओडिआइ इतिहासमा चेज गरेको यो अहिलेसम्मको उच्च लक्ष्य हो। यसअघि सन २०२२ मा लाहोरमा पाकिस्तानले अस्ट्रेलियाविरुद्ध ३ सय ४९ रन चेज गरेको थियो।

पाकिस्तानको सुरुवात राम्रो हुन सकेन्। उसले ९१ रनमा तीन विकेट गुमाइसकेको थियो। बाबर आजम २३ र साउद सकिल १५ रनमा पभेलियन फर्किए। फाखर जमान पनि ४१ रनमा आउट भए।

तर चौथो विकेटका लागि रिजवान र सलमानले २ सय ६० रनको साझेदारी गरे। यो चौथो विकेटका लागि भएको किर्तिमानी साझेदारी पनि हो। सलमान १ सय २३ रनमा लुंगी एनगिडीको बलमा आउट भएका थिए। १ सय तीन वलको सामना गरेका उनले १६ चौका र दुइ छक्का प्रहार गरे।ओडिआइमा सलमानको यो पहिलो शतक हो।

रिजवान १ सय २८ बलमा १ सय २२ रनमा अविजीत रहे। आफ्नो ओडिआइ करियरको सातौ शतक बनाएका उनले नौ चौका र तीन छक्का प्रहार गरे। च्याम्पियन्स ट्रफीको तयारीमा रहेको पाकिस्तानले फाइनलमा न्युजील्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *