गोमा थापाले जितिन् ‘मिसेस वोर्ल्ड वईल्ड नेपाल २०२५’को ताज

 ग्लोबल टिभि           0

फागुन १- मोरङग, काने पोखरिकी गोमा थापाले ‘ मिसेस वोर्ल्ड वईल्ड नेपाल सिजन ३ को ताज जितेकी छिन् । आरके मनोरन्जन ग्रुपले आयोजना गरेको प्रतियोगितामा सबै प्रतियोगी सहभागीलाई पछि पार्दै गोमाले ताज पहिरिएकी हुन् ।

हाल काठमाडौँमा विभिन्न व्यवसायहरू गर्दै आएकी उनले मिसेज पपुलरको उपाधि समेत प्राप्त गर्नुको साथै अन्तराष्ट्रिय मन्चमा नेपाल र नेपालीको प्रतिनिदित्यो गर्ने छिन्।


यस्तै गंगा बस्नेत ‘मिसेस ग्लोबल नेपाल र रेनु गच्छेदार कवाश ‘मिसेस ग्रान्ड नेपाल हुन सफल भए। त्यस्तै, यलिना घिमिरे ‘मिसेस लुम्बिनी , मिरा देउजा‘ मिसेस कोशी, गौरी देवी आचार्य ‘मिसेस बागमती हुन सफल भएका छन् । साथै मिसेस ग्लोबल नेपाल र ‘मिसेस ग्रान्ड नेपालले समेत अन्तराष्ट्रिय मन्चमा जान अवसर प्राप्त गरेका छन्।

नेपाल ओलम्पिक कमिटिका सचिब रामकृष्ण श्रेष्ठ बोस कार्यक्रमका प्रमुख अतिथिले बोल्दै यस्ता प्रतियोगिताले बिबाहित महिलाहरुको सौन्दर्य साथै आन्तरिक क्षमता,आत्मविश्वास साथै महिलाहरूको नेतृत्वमा थप बल पुग्ने विश्वास व्यक्त गर्नु भयो । यस्तो कार्यक्रमहरूसँग महिलाहरूलाई घरको चुला चौकोवाट हातेमालो गर्दै अझ सशक्त रूपमा महिलाहरूलाई जनचेतना तथा अधिकारको बारेमा सचेतना फैलाउन सकिने उनले बताए ।

उक्त प्रातियोगीताको निर्णायक मण्डलमा नबराज कोइराला , सुस्मी कडेल , प्रदिप लाल श्रेष्ठ, कुसुम कुँवर, निर्णायकको भूमिकामा रहेको मिसेस वोर्ल्ड वईल्ड नेपालककी निर्देशक निशा आचार्यले जानकारी दिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *