केहीबेरमा घर घरमा पानी पुग्छ : खानेपानी मन्त्री

 ग्लोबल टिभि           0

फागुन १ – खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकाएर पानी परीक्षण पनि भइसकेको जानकारी दिएका छन् ।

केहीबेरमा प्रभावित क्षेत्रका घर घरमा पानी पुग्ने मन्त्री यादवको भनाइ छ । बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको थियो ।

उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो । प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुट्न पुगेको थियो ।

प्राधिकरणले राति नै विद्युत् प्राधिकरणले ड्रिलिङ गरेको पाइप झिक्दा ढिला गरेको मन्त्री यादवले बताए । प्राधिकरणले उपत्यकामा विद्युत्का तारहरू व्यवस्थित गर्न भन्दै अण्डरग्राउण्डको काम गरिरहेको छ । मन्त्रालय र मातहतका निकायसँग समन्वयन नगरी प्राधिकरणले काम गर्दा पाइप फुट्न पुगेको बताएका छन् ।

प्राधिकरणले पनि आफूहरूको गल्तीकै कारण पाइप फुटेको स्वीकार गरिसकेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *