ग्लोबल टिभि
0
फागुन २- काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शुक्रबार दिउँसो साढे २ बजे उपचारका क्रममा अर्का एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौं महानगरपालिका–२८ बस्ने २२ वर्षीय प्रदीप तामाङ छन् । उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो ।
उक्त विस्फोटमा परेर ११ जना घाइते भएका थिए ।
घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो ।
अन्य घाइतेको उपचार जारी छ ।
Post Views: 122
Leave a Reply