त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुङ्गा-प्रचण्ड

 ग्लोबल टिभि           0

फागुन २– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुङ्गा भएको बताएका छन ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०का पदाधिकारीसँग आज भएको भेटमा उहाँले भारत हुँदै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने र भारतलाई दश वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता तथा चीनमा विद्युत् निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले देशले जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बङ्गलादेशलगायतका देशमा बिक्री गरी समृद्धिको सपना पूरा गर्न विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। प्रधानमन्त्रीका रूपमा प्रचण्डले भारत भ्रमण गर्दा भारतीय समकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गरेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *