आज पोखरा भ्रमण वर्ष घोषणा हुँदै : २० लाख पर्यटक भित्र्याउने लक्ष्य

 ग्लोबल टिभि           0

फागुन ३- पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा हुँदैछ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा गरेकोमा यसवर्ष स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको घोषणा गर्न लागिएको जानकारी दिनुभयो ।

पोखरा महानगर–९ नयाँ बजारमा रहेको प्रदर्शनी केन्द्रमा आज हुने समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विशेष उपस्थितिमा भ्रमण वर्ष घोषणा हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरालाई गएको वर्ष चैतमा ‘पर्यटनको राजधानी’ घोषणा गरिएको थियो । भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी महानगरका मेयर आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । यस्तै, पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति र विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा समितिहरू गठन गरिएका छन् ।

भ्रमण वर्षको अवधिभर पोखरा महानगरपालिकोतर्फबाट विभिन्न किसिमका पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न देशका राजदूतको समेत सहभागिता रहने मेयर आचार्यले बताउनुभयो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *