ग्लोबल टिभि
0
file photo
फागुन ३ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन २०८२ सालमा सम्भव नरहेको बताएका छन् ।
विधानतः एक वर्ष ६ महिना थप्न सकिने भए पनि कति समय थप हुन्छ केन्द्रीय समितिको बैठकले निर्णय गर्ने उनको भनाइ छ । उनले पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । नेपाल प्रेस युनियनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताएका हुन् । व्यक्तिवादी प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने उनको भनाइ छ । माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्न विधानका कमीकमजोरीलाई सच्याउन आवश्यक रहेको उनको भनाइ छ । एकले अर्कोलाई स्वीकार गर्ने वातावरण तयार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनले बताए ।
Post Views: 141
Leave a Reply