ग्लोबल टिभि
0
फागुन ४ – शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
१० वर्षीय विद्यार्थी सनसाइन तामाङको मृत्यु भएको छ । उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । उनको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको छ । यसअघि ११ वर्षीय विद्यार्थी क्रिष्टलल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक डोटेलका मृत्यु भएको थियो । ३० माघमा चाबहिलको एसएस एकेडमीका विद्यार्थी नगरकोट पिकनिक गएका थिए । पिकनिक गएर फर्कने क्रममा उनीहरु सवार बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो ।
उक्त बसमा सवार ४३ जना मध्ये तीन जनाको त्यतिबेलै मृत्यु भएको थियो । बाँकीको विभिन्न अस्पतालहरुमा उपचार भएको थियो ।
Post Views: 143
Leave a Reply