तोसिमाको सांसद पद रहनेरनरहने फैसला मिति फेरि सर्‍यो

 ग्लोबल टिभि           0

फागुन ४-  ललितपुर–३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीको पद रहनेरनरहने फैसलाको मिति फेरि सरेको छ । गएको पुस २५ मा निसु भएको मुद्दा आइतबार (आज)का लागि सरेको थियो ।

उक्त मुद्दाको निसु यही फागुन २७ गतेका लागि सरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उमेदवार भएकी डा. तोसिमाको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि विवाद सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्चले अन्तरिम आदेश दिएपछि चुनाव लड्न पाएकी तोसिमालाई उक्त उमेदवारी खारेजी चर्चाको माध्यम बनेको थियो । डा. तोसिमाको उमेदवारी कायम भएपछि उनी ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।

गत पुस २५ देखि डा.तोसिमाको मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा पर्दै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *