प्युठानमा बाढिले बगाउँदा एक जना बेपत्ता

 ग्लोबल टिभि      बिहिबार, असार ३, २०७८      0

प्युठानमा एक जना मजदुर ठाडो खोलाले बगाएर दुई दिनदेखि बेपत्ता भएका छन् ।

मंगलबार साँझदेखि प्युठानको मल्लरानी गाउँपालिका–३ धरमपानीका ४१ बर्षीय हिराबहादुर नेपाली स्थानीय छापेखोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

मंगलबार मजदुरी गरेर साँझ घर फर्किने क्रममा खोलामा बगेर बेपत्ता भएको र हाल सम्म फेला नपरेको प्युठानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवी प्रसाद गैरेले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *