हामीले धर्मको विरोध गरेका छैनौँ : मह जोडी

 ग्लोबल टिभि           0

फागुन ८- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको बताएका छन् । आज एक भिडियो सन्देश जारी गर्दै उनीहरुले अनर्गल प्रचार नगर्न पनि आग्रह गरेका छन् ।

यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर गरिएको प्रचारले अत्यन्त दुःखी बनाएको भन्दै उनीहरुले भ्रममा नपर्न सुभचिन्तकहरुलाई आग्रह गरे । आचार्यले आफूहरू अहिले चलचित्रमा काम गरिरहेका बेलामा भ्रम छरेर दुःख दिने काम भएको गुनासो व्यक्त गरेका छन् ।

आचार्यले आफूहरूले गरेका सबै काम युट्युबमा पनि राखिएको भन्दै ति सामग्री हेरे पनि आफूहरूमाथि लान्छाना मात्र लगाएको प्रस्ट हुने जिकिर गरेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *