फागुन ८ – नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णय र निर्देशन अनुसार मकवानपुर जिल्लाका सामुदायीक विधालयका शिक्षकले ध्यानाकर्षण पत्र बुझाएका छन् । शिक्षक पेसा सम्बन्धि विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका शिक्षकले कैलाशा गाउँपालिकालाई धानाकर्षण पत्र बुझाएका हुन् ।
नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिले घोषणा गरेको देशब्यापी शिक्षक आन्दोलनको प्रथम चरणअन्तर्गत मंगलबार मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत शिक्षहरु आन्दोलनमा उत्रिएका छन् ।
शिक्षक धुब्र राज विस्टका अनुसार अहिलेलाई कैलाश गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाइएको हो । साथै विष्टले माग सम्बोधन नभए केन्द्रको निर्णय बमोजित सडक संघर्षमा उत्रिने समेत बताएका छन् ।
साथै शिक्षकहरुले नयाँ शिक्षा ऐन चालु हिउँदे अधिवेशनबाटै जारी गरिनु पर्ने माग राखेका छन् ।
मागहरु
–नयाँ शिक्षा ऐन चालु हिउँदे अधिवेशनबाटै जारी गर्नुपर्ने
–बिगतमा सरकारसँग भएको सहमति कार्यान्वयन गर्नेपर्ने
यसअघि शिक्षक महासंघको केन्द्रीय समितिको बैठकले संसदको शिउँदे अधिवेसनबाट विद्यालय शिक्षाका ऐन जारी गर्नेपर्ने माग राखेको थियो । माघ १६ र १७ गते बसेको महासंघको केन्द्रीय बैठकले माग सम्बोधन नभएर देशभरका शिक्षक आन्दोलनमा उतार्ने चेतानी दिएको थियो ।
Leave a Reply