ग्लोबल टिभि
0
केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित
काठमाडौँ, १९ फागुनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको सोमबार लोकार्पण गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस
फागुन १९– पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली स् सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण भएको छ । काठमाण्डौमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तकको लोकार्पण गर्नुभएको हो ।
प्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको अनेक सङ्घर्षदेखि देशको समृद्धिका लागि देखाउनुभएका सपना र गर्नुभएको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो ।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरूका लेख–रचनासमेत समावेश गरिएको छ । यो पुस्तक अल्केमी प्रकाशनले निकालेको हो ।
Post Views: 80
Leave a Reply