कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा ५ लाख बराबरको सामान बरामद 

 ग्लोबल टिभि      शुक्रबार, असार ४, २०७८      0

कञ्चनपुरमा सशस्त्र प्रहरीले ५ लाख बढी मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वार्टर शैलेश्वरी कञ्चनपुर तथा मातहत बोर्डर आउट पोष्ट बेलौरी र गड्डाचौकीबाट खटिएको टोलिले भारतबाट नेपाल भित्र्याउँदै गरेको बिडी, सुर्ती, मल, बिउबिजन, साइकलको पार्टपुर्जा र मोटरसाइकल गरी ५ लाख ३६ हजार ४८२ मूल्य बराबरको सामान बरामद गरेको हो।

बरामद गरिएका सामानलाई आवश्यक कानुनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरी बल कञ्चनपुरले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *