प्रतिनिधिसभा बैठक बस्दै

 ग्लोबल टिभि           0

चैत ३–   प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवनमा बैठक बिहान ११ बजे बैठक बस्नेछ।

आजको बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय भएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै उपप्रधानमन्त्री पौडेलले नै ‘निजीकरण ९पहिलो संशोधन० विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गर्नेछन्।

यसैगरी ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *