ग्लोबल टिभि
0
चैत ४- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
भोलि दिउँसो २ बजे सभापतिको निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको सहमहामन्त्री महेन्द्र यादवले बताए ।
उनका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुनेछ ।
बैठकमा पछिल्लो समय राजावादीहरूको बढ्दो सक्रियताको विषयमा पनि छलफल हुने जनाइएको छ ।
Post Views: 154
Leave a Reply