चैत ४- गृहमन्त्री रमेश लेखकले देशका पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनको लागि विधेयकको मस्यौदा लेखन शुरु भएको बताएका छन्।
प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री लेखकले यस्तो बताएका हुन्। उनले सर्वोच्च अदालत र संसदीय समितिले समेत विधायिकी कानून बनाएर मात्र सुविधा दिन निर्देशन गरेको कारण कानून निर्माणमा जुटेको बताए।
उनले यस कदमको चौतर्फि आलोचना भइरहेको उल्लेख गर्दै कानूनै नबनाइकन सरकारले निर्णय गरेर दिने कुरा उचित हो कि सदनबाट कानून बनाएर दिने कुरा जाति हो रु भन्दै प्रश्न समेत गरे। उनले पूर्वविशिष्टहरूलाई सुविधा दिँदा मुलुकको राज्यकोषमा अनावश्यक भार नपर्ने गरी कानून बनाउन लागिएको स्पष्ट पारे।
मुलुकको आर्थिक स्थितिबारे सरकार जानकार रहेको उल्लेख गर्दै मन्त्री लेखकले मुलुकको आर्थिक अवस्थामा प्रतिकूलता उत्पन्न हुने काम नगरिने बताए।
Leave a Reply