ग्लोवल टि.भी.
शुक्रबार, असार ४, २०७८
0
नेपाल विद्यार्थीसंघका नेता डुजाङ शेर्पा हेलम्बु बाढी पीडितलाई राहत बोकेर सिन्धुपाल्चोक पुगेका छन् ।
सवारी साधनमा जानलाई बाढीपहिरोले बाटो अवरुद्ध भएपछि शेर्पा हेलिकोप्टर मार्फत आवश्यक राहत सामग्री र स्वास्थ्य सामग्री बोकेर प्रभावित क्षेत्र पुगेका हुन् ।
शुक्रबार प्रभावित क्षेत्र पुगेर शेर्पाले २० थान पोर्टेबल शोलार, १० थान त्रिपाल, शिल्पिङ व्याग १८ थान, र खाद्यन्न पीडितलाई बाडेका छन् ।
उनीसंगै राहत सामग्री लिएर हन्ड्रेड ग्रुपका दिपेस धुञ्जु, विबेक ढकाल, नेविसंघ मिनभवन क्याम्पसका सभापति सरोज तिमल्सिना र चिकित्सक संघका महासचिव डा. बद्री रिजाल सिन्धुपाल्चोक पुगेका हुन् ।
Post Views: 2,391
Leave a Reply