श्याम घिमिरेले संसदमा मागे माफी

 ग्लोबल टिभि           0

चैत ६-   यौन व्यावसाय सम्बन्धमा दिएको अभिव्यक्तिमा सांसद श्याम घिमिरेले संसदमा माफी मागेका छन्।

बुधबारको संसद् बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत उनले माफी मागेका हुन्। उनले चैत ३ गतेको संसद बैठकको विशेष समयमा बोल्दै यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए।

उनको सो अभिव्यक्तिको चौतर्फी विरोध भएपछि आजको संसद बैठकमा बोल्दै घिमिरेले ती व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिँदै माफी मागेका हुन्।

‘यहीँ चैत ३ गते विशेष समय मैले अभिव्यक्त गरेको धारणा संसद हैसियतले विशेष समयमा अभिव्यक्त गरेको धारणा यो धारण पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक पनि धारणा होइन,’ उनले भने,’यी विचारले संसद्का सदस्यहरू अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै क्षमायाचना गर्न चाहन्छु।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *