ट्रम्प र पुटिनबिच ९० मिनेट टेलिफोन वार्ता, के-के भए सहमति ?

 ग्लोबल टिभि           0

चैत ६-   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच मंगलबार ९० मिनेट टेलिफोन वार्ता भएको छ। यो क्रममा पुटिनले पूर्णरुपमा युद्ध विराम प्रस्ताव अस्वीकार गरेका थिए। तर उनले युक्रेनको ऊर्जा पूर्वाधारमा रसियाले गर्दै आएको आक्रमण भने रोक्ने सहमति गरे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोन वार्तापछि पुटिनले साउदी अरेबियामा ट्रम्पको टोलीले युक्रेनी अधिकारीहरूसँग मिलेर तयार पारेको एक महिनाको युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको बीबीसीले जनाएको छ।

पुटिनले भने ‘पूर्ण युद्धविराम केवल त्यतिखेर सम्भव छ, जब युक्रेनलाई दिइने विदेशी सैन्य सहायता र गुप्तचर जानकारी आपूर्ति बन्द गरिन्छ।’ तर, युक्रेनका युरोपेली सहयोगीहरूले यसअघि नै यस्ता सर्तहरू अस्वीकार गरिसकेका छन्।

ट्रम्प(पुटिन वार्तापछि अमेरिकाको अडान कमजोर भएको मानिएको छ। तर मध्यपूर्वमा थप शान्तिवार्ता गर्ने सहमति भने दुबै नेताले जनाएका छन्। मंगलबार ट्रम्प र पुटिनबीच भएको फोन वार्ताले अमेरिकी कूटनीतिक अडानमा केही पछि हटेको संकेत गरेको छ, यद्यपि दुवै नेताले मध्यपूर्वमा थप शान्तिवार्ता तुरुन्तै गर्ने सहमति जनाएका छन्।

गत मंगलबार साउदी अरेबियाको जेद्दामा अमेरिकी प्रतिनिधिमण्डलले युक्रेनी अधिकारीहरूसँग वार्ता गरेको थियो। त्यस क्रममा अमेरिकाले कीभलाई ३० दिन लामो युद्ध विराम तत्काल सुरु गर्नका लागि राजी गराएको थियो, जसले स्थल, आकाश र समुद्र तीनै क्षेत्रमा युद्धविराम सुनिश्चित गर्ने लक्ष्य राखेको थियो।

के भयो सहमति ?

पूर्ण युद्ध विरामका लागि सकरात्मक सहमति, कम्तिमा ३० दिन रसियाले युक्रेनको ऊर्जा पुर्वाधारमा आक्रमण नगर्ने।

युक्रेन र रसियाले आफ्नो नियन्त्रणमा रहेका समान १७५ सैनिकहरुलाई एक अर्कालाई हस्तान्तरण गर्ने सहमति। साथै गम्भीर चोट लागेर रुसमा उपचार भैरहेका २३ जना युक्रेनी सैनिकहरूलाई पनि स्थानान्तर गरिने।

मध्यपूर्वमा दीर्घकालीन शान्ति कायम गर्न वार्ताहरं अघि बढाइने।

ट्रम्पले सामाजिक सञ्जालमा लेखे,’पुटिनसँगको वार्ता निकै राम्रो र उपयोगी’ उनले थपे, ‘शान्ति सम्झौतासम्बन्धी विभिन्न पक्षहरूबारे छलफल गरियो।’

फिनल्यान्डको हेलसिन्कीमा रहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वार्ताबाट असन्तुष्ट भन्छन् ‘रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविराम प्रस्ताव अस्वीकार गरे। किनकि वार्तापछि पनि उर्जा क्षेत्रमा ९ वटा रुसी ड्रोन आक्रमणहरु भएको छ।’

रुसी आक्रमणबाट युक्रेनको ८०५ ऊर्जा पूर्वाधार ध्वस्त भइसकेको छ।

ट्रम्प(पुटिनबिच दिर्घकालिन शान्तिका लागि सहमत, तर वार्ता कुन ढाँचामा हुने अझै अस्पष्ट

क्रेमलिनका अनुसार, ट्रम्पले रुसी राष्ट्रपति पुटिनको अमेरिकी र रुसी व्यावसायिक खेलाडीहरूबीच आइस हकी खेल आयोजना गर्ने प्रस्तावलाई स्विकार र समर्थन गरेका छन्।

जर्मनी र बेलायतले सिमित युद्ध विराम सकरात्मक भएपनि पूर्ण युद्धविराम मात्र विकल्प भएको ठहर

ट्रम्प राष्ट्रपति नियुक्त भएपछि अमेरिका र रसियाबिच २ महिनामा ४ वार्ता

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *