सालकको खपेटा सहित एक जना पक्राउ

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ५, २०७७      0

उदयपुर । त्रियुगा नगरपालिका–११ पिपल चोकबाट ३८० ग्राम तौलको सालकको खपेटा (आखेटो पहार) सहित एक जना पक्राउ परेका छन् ।

त्रियुगा–१४ टोड्के का ४१ वर्षीय पहलमान कटुवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ । साउनेबाट गाईघाटतर्फ जाँदै गरेको स. १ ह २६९० नम्बरको अटोलाई नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरीले जाँच गर्दा अटोको सिटमुनि लुकाई राखेको उक्त खपेटा फेला पारी अटोका चालक कटुवाललाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *