महाधिवेशनका लागि सामाजिक सञ्जालबाट दैनिक प्रेसर दिऔ-कोइराला

 ग्लोबल टिभि           0

चैत ८-   नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले २०८२ को मंसिर मसान्तसम्म अधिवेशन हुन नसके पार्टी कमजोर हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको अधिवेशन २०८२ मंसिर मसान्तसम्ममा अधिवेशन गर्ने कुरामा ध्यान दिन आग्रह गरे ।

‘नेपाली कांग्रेसको अधिवेशन २०८२ मंसिर मसान्तसम्म भएन भने नेपाली काँग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिऔँ,’ कोइरालाले भने, ‘एकदम सिरियस कुरा छ यो । हामीले आवाज उठाएनौँ भने कसैले आवाज उठाउँदैन । अधिवेशन तपाईंहरूलाई चाहिएको छ । हामी जस्तालाई चाहिएको छ । त्यसकारण तपाईंहरुले आवाज उठाउन जरुरी छ ।’

आफूहरुले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने बताउँदै उनले सामाजिक सञ्जालमा २०८२ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेतारकार्यकर्ताहरुलाई निर्देशन दिए ।

सामाजिक सञ्जालमा दिनदिनै केही न केही लेखिरहेको म देख्छु । मेरो तर्फबाट एउटा कुरा लेखिदिनुस् । नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ को मंसिर मसान्तसम्म हुनुपर्छ भनेर लेख्नुस्,’ उनले भने, ‘कति प्रेसर पर्दो रहेछ हेर्नुस् । यस्तो प्रेसर पर्छ की कसैले त्यो प्रेसर खेप्नै सक्दैन । नेपाली काँग्रेसको चलायमान अधिवेशनबाट हुने हो नि त । को आउँछ, को जित्छ, हार्छ भन्नेकुरा आफ्नो ठाउँमा छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *