मेलम्चीको बाढीले ढल्यो, हेलम्बु प्रहरी कार्यालयको भवन

 ग्लोबल टिभि      शनिबार, असार ५, २०७८      0

इलाका प्रहरी कार्यालय हेलम्बुको भवन ढलेको छ । मेलम्चीमा आएको बाढीको कारण गएराति प्रहरीको तीन तले भवन ढलेको हो । बाढीको उच्च जोखिम भएकोले प्रहरीले सो भवन छोडिसकेको थियो ।

यस्तै ग्याल्थुममा रहेको इष्ट पोइन्ट माध्यमिक बवद्यालयको भवन रहेको जमिन कटान हुँदा ढल्ने अवस्थामा पुगेको छ । हेलम्बु क्षेत्रका तालामाराङ्, ग्याल्थुम, शेरा, चनौटे, किउल, तिम्बु, अम्बाथान लगायतका स्थानमा नदी छेउ रहेका बस्तीहरु बगरमा परिणत भएका छन् ।

बाढीले क्षति पुर्याउदै आएको ४ दिन बवत्दासमेत सरकारको मुख देख्न नपाएको भन्दै स्थानीयले आक्रोश व्क्त गरेका छन् । गत असार १ गतेदेखि मेलम्ची खोलामा निरन्तर बाढी आइरहेको छ । सो बाढीले दर्जनौ ब्यक्ति वेपत्ता पारेको छ, भने भौतिक संरचना तथा खेतीयोग्य जमिन तहसनहस पारेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *