भोटेकोसीको बाढीले तातोपानी नाका अवरुद्ध

 ग्लोबल टिभि      शनिबार, असार ५, २०७८      0

सिन्धुपाल्चोक — शुक्रबार बेलुकीको अविरल वर्षाले सिन्धुपाल्चोकबाट चीन जोड्ने तातोपानी नाका क्अवरुद्ध भएको छ । लार्चा, कोदारी खण्डसहित लिपिङ पुल कटानमा गरेको छ ।मालवाहक सवारी साधन मात्र सञ्चालनमा आइरहेको तातोपानी नाका शनिबार बिहानबाट सडक र पुलकै जोखिमका कारण ठप्प भएको हो ।

भोटेकोसी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार बाह्रबिसे(तातोपानी सडकखण्डको लार्चा, भ्यानपार्किङ पुल र बेलिब्रिजमा बाढीले आहिले पनि हानिरहेको हुँदा क्रमशःबग्ने जोखिम बढेको छ । कन्टेनर जान नसक्ने भएपछि नाका त अवरुद्ध भयो नै, यहाँ सीमा क्षेत्रको अवस्था पनि जोखिममा रहेकोे पौडेलले बताए । चरिकोट सडक डिभिजन कार्यालय र सडकमा कार्यरत सीआरसीसी कम्पनीलाई तत्काल मर्मतसम्भार गर्न र थप क्षतिबाट रोक्न अनुरोध गरिएको पनि उनले बताए ।

तातोपानी क्षेत्रको कोदारी सडक र भूभाग पूरै भासिएकाले ६० परिवारलाई स्थानीय विद्यालयमा सारिएको छ ।वर्षातले कहाँ बितण्डा मच्चाउने हो थाहा नभएको भन्दै उनले जुनसुकै बेलामा पनि सीमा क्षेत्रको अरनिको राजमार्गसँग सम्पर्कविहीन हुन सक्ने पौडेलले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *