एलिना केसी/काठमाडौं, उपत्यकामा निषेधाज्ञा लगाइएको महिनौ बितीसक्यो । यसबीचमा स्थानीय सरकारले राहत वितरणतर्फ कुनै चासो नदेखाउँदा दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएकाहरू सबैभन्दा बढी मारमा परेका छन् । अहिले मजदुर र विपन्न परिवारले सामाजिक संस्थाले दिएको खाना खाएर गुजारा चलाईरहेका छन् ।
पशुपतिको चौरमा मलिन अनुहार लिएर खाना खाँदै गरेकी निषेधाज्ञाले थलिएकी ७० वर्षीया माया राई हुन् । भएको काम बन्दाबन्दीको अवस्थाले खोसीदियो । अहिले कसैले दिए खान्छीन् नत्र भोको पेटनै रात गुज्रिन्छ । निषेधाज्ञाले छाक टार्न धौ–धौ भएपछि उनी ललितपुरको लामाटारबाट बौद्व आफन्तकोमा पैदल हिँडेर आश्रय लिन जाँदै थिईन् । लामाटारबाट आउदै गर्दा पशुपति चौरमा निशुल्क खाना बाँडेको देखेर खाना खान बसेकी हुन् उनी । भोको पेटले पाईला पनि चल्न छाडेको छ । लामाटारमा तरकारी बेचेर गुजारा चलाईरहेकी थिईन् । निषेधाज्ञा भन्दा अगाडि जसोतसो गुजारा चलेकै थियो । तर, अहिले भोको पेट भर्न कोेठामा खाना पकाउने ग्यास र अन्न पानी नभएछि सडकको गास र आफन्तको आश बोकेर हिडिरहेकी छिन् । बन्दाबन्दीले तरकारी पनि सबै कुहिएर गयो , घाटा लाग्यो । निषेधाज्ञाभन्दा अघि त सकि नसकी ज्यामी काम गरेर पनि छाक टार्थिन् अहिले त्यो पनि बन्द भएको छ । भोकभोकै हिँड्दा पनि उनी निराश भने छैनिन् , निषेधाज्ञा खुलेपछि अझै काम गर्ने आँट उनीमा उनी । रामेछाप छोडेर राजधानी आएकी उनको महामारीले सबै उठिबास लगाइदिएको छ।
माया जस्तै गहिरो पीडामा छिन् , सातदोबाटोकी ईश्वरी राई । उनी पनि सातदोबाटोमा तरकारी बेचेर गुजारा चलाईरहेकी थिईन । तर, अहिलेको बन्दाबन्दीले उनको पनि कोठामा चुलो बल्न छाडेको छ । उनी पनि अहिले कुनै सहयोगी संस्थाले एक गास खान देलान् की भन्दै सडकमा पुग्ने गरेकी छिन् । सहयोगी संस्थाहरुले दिने सडक खानाले उनको पनि दैनिकी चलेको छ ।
बिहान बेलुका काम गरेर आफ्नै पैसाले भोको पेट भरेकाहरुको यतिबेला कन्तविजोग छ । रोजरोटी सबै खोसिएपछि पेट भर्न समेत मुश्किल भएपछि सडकमा बाँडिने खानाको भरमा जीवन चलेको छ। यी त प्रतिनिधिमूलक पात्र मात्रै हुन् । यस्त मजदुर विपन्नहरु बल्ग्रेती छन् । यसरी सडक भोकाहरुको रोदनले भरिएको छ । सडकमा अलपत्र पर्नेहरुको यो दर्दप्रति कुनै पनि तहका सरकारहरु बेखबर जस्तै छन् । गरिबहरु यसरी भतभती भोकले मर्ने अवस्था आइपुग्दा पनि कोही कसैलाई वास्ता छैन । यसर्थ,यो देशमा तह–तहका सरकार भएको महशुस गर्न पाउने अधिकार गरीबलाई छैन र ?
Leave a Reply