चैत २०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज विश्वका प्रतिद्वन्द्वी र सहयोगी मुलुकमा नयाँ कर लगाउने तयारी गरेका छन्। ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले आज स्थानीय समयअनुसार दिउँसो ४ बजे रोज गार्डेनमा सम्बोधन गर्ने कार्यक्रम छ ।
यही कार्यक्रममा उहाँले जस्तालाई तस्तै करको औपचारिक घोषणा कार्यक्रम छ । राष्ट्रपति ट्रम्पले अप्रिल २ लाई अमेरिकाको ‘मुक्ति दिवस’ भनी व्याख्या गर्नुभएको छ । ह्वाइट हाउसकी प्रेस सचिव कैरोलीन लेविटले राष्ट्रपति ट्रम्पले घोषणा गरेसँगै नयाँ कर नीति लागू भइहाल्ने बताए।
यसअघि अमेरिकी संसदको संयुक्त अधिवेशनमा राष्ट्रपति ट्रम्पले भारतले हामीमाथि १०० प्रतिशत भन्दा बढी शुल्क लगाउँछ। ‘अब हामी पनि त्यस्तै गर्नेछौँ’ भनी सम्बोधन गरेका थिए। ट्रम्पको यस नीतिले विश्वव्यापी अर्थतन्त्रलाई असर पार्ने र ठूलो व्यापार युद्ध हुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।
Leave a Reply