त्रिपालको टहराबाटै सीमा सुरक्षा दिदै सशस्त्र प्रहरी

 ग्लोवल टि.भी.      आइतवार, असार ६, २०७८      0

खगेन्द्र घिमिरे/झापा

कोरोना नियन्त्रणका लागि सरकारले सीमा शील गरेसँगै सीमाको आवतजावत रोक्न झापामा सशस्त्र प्रहरी परिचालन गरिएको छ । सिमावर्ती बस्तीमा हुने अनावश्यक आवतजावत रोकी संक्रमण नियन्त्रण गर्न सशस्त्र प्रहरी सीमामा राखिएको हो ।

जसका कारण झापाका सिमावर्ती गाउँमा कोरोना जोखिम कम हुँदै गएको छ । झापामा सशस्त्रले १४४ किलोमिटर क्षेत्रमा ४० वटा अस्थायी पोस्ट बनाएको छ । यसअघि भएका १८ वटा बीओपीबाट ती अस्थायी पोस्ट संचालन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । मनसुन सुरु भएसँगै प्रतिकूलताका वाबजुद दक्षिणी क्षेत्रमा बस्ने सशस्त्र प्रहरी अहिले त्रिपालको साहारामा ड्युटी गरिरहेका छन् ।विगतबाट सिक्दै यस वर्ष गत वर्षको तुलनामा अस्थायी पोष्टलाई केही सुधार गरेर अघि बढेको सशस्त्र प्रहरी बल २ नम्बर गणका डिएसपी प्रेम भण्डारीले बताए ।

त्रिपाल, पुरानो जस्ता र मकैका ढोडले अस्थायी पोष्ट बनाएर सशस्त्रले सीमामा सुरक्षा दिइरहेको छ । हावाहुरी र डुबानको प्रवाह नगरी उनीहरु निरन्तर फ्रन्टलाइनमा खटिएका छन् । गत सालको तुलनामा यसपटक अस्थायी पोष्ट र जनशक्ति कम छन् । तर, विगतको तुलनमा सशस्त्र प्रहरीले प्रभावकारी काम गरिरहेको छ ।

सिमानामा रहेका भारतीयले सहजै नेपाल प्रवेश गर्न नपाउँदा सीमावर्ती गाउँ महामारीबाट केही हदसम्म जोगिएको र सीमाबासीले सुरक्षित महसुस गरेको स्थानीय राजेशकुमार राजवंशीले बताए ।गत वर्ष भन्दा यसपटक सिमाबासी केही सतर्क भएका छन् । सीमामा स्थानीयकै सक्रियतामा सीमा निगरानी समिति बनाइएको छ । उनीहरुले पनि नेपाल–भारत सिमामा हुने अनावश्यक आवतजावत रोक्न सशस्त्र प्रहरीलाई सघाइरहेका छन् । गत वर्षको तुलनामा यस वर्ष स्थानीयमा आएको चेतनाका कारण सशस्त्र प्रहरीलाई पनि काम गर्न सहज भएको छ ।सीमामा खटिएका सशस्त्र प्रहरीको दुःख भनिसाध्य छैन । दक्षिणको होचो भूभागमा सानो पानी जम्दा पनि डुबान हुन्छ । यस्तो वेलामा पनि सशस्त्र प्रहरीले निरन्तर गस्ती गरिरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *