बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो

 ग्लोबल टिभि           0
eQmk’/, % a}zfv . eQmk’/df cf7 /ft gf} lbg;Dd dgfOg] la:s]6 hfqfsf] cfh clGtd lbg eQmk’/sf] kf]6/L:Sjfo/l:yt tfnfSjf] Hof7f u0f]z dlGb/ cufl8 r}t d;fGtdf p7fPsf] xft gePsf] lnªuf] hfqfsf] clGtd lbg cfh z’qmaf/ 9flnb} . tl:j/ M /d]z lu/L, /f;;

वैशाख ५–   भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरमा रहेको तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिङ्गो ढालिएको छ ।

प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीयवासीले भक्तपुरको कुमालेटोलमा रहेको तालाक्वोमा हात नभएको लिङ्गो उठाएर जात्रा गर्दै अन्तिम दिन आज विधिपूर्वक पूजा गरी ढालेपछि भैरवको रथ तान्ने प्रक्रिया शुरू हुने गर्दछ ।

गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले तालाक्वोमा चैत मसान्तमा उठाएको हात नभएको लिङ्गो आज दिउँसो ढालिएको जानकारी दिँदै आजै अपराह्नदेखि पूजा सम्पन्न गरी भैरवको रथ तान्न शुरू हुने र आजैदेखि जात्रा सम्पन्न हुने परम्परा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बिस्केट जात्राका अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने परम्परा रहेको छ । तालाक्वोमा लिङ्गो ढालिएपछि आजै भैरव र भद्रकालीको पूजा गरी रथलाई गहिटीबाट तान्ने गरिन्छ ।

यसअघि भेलुखेलमा रहेको ल्यासिंखेलमा चैत मसान्तमा उठाउने लिङ्गो वैशाख २ गते ढाल्ने परम्परा रहे पनि यस वर्ष चैत मसान्तको मध्यरातिसम्म पनि लिङ्गो नउठेपछि स्थानीयवासीले वैशाख १ गते नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी तथा स्थानीयवासीको संयुक्त प्रयासमा लिङ्गो उठाएर साँझ ढालिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *