कुटपिटको आरोपमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

 ग्लोबल टिभि      आइतवार, असार ६, २०७८      0

प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।

पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *