आज विश्व योग दिवस, राष्ट्रपति र प्रधानमन्त्रीबाट शुभकामना सन्देश

 ग्लोबल टिभि      सोमवार, असार ७, २०७८      0

आज विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ ।

व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो ।योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र चित्त शुद्धीकरण हुने मान्यता छ ।

योगले चित्त र वृत्तिलाई ठीक बाटोमा डो¥याउने योग गुरुहरु बताउँछन् ।विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइन थालिएको हो ।

यद्यपि नेपालमा कोरोना महामारीका बीच निशेधाज्ञा जारी रहेकोले योग दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम गरिने छैन ।यसैबीच अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टा छुट्टै सन्देश शुभकामना सन्देश दिएकाछन् ।

राष्ट्रपति भण्डारीले कोरोना महामारी जारी रहेको अवस्थामा योगको सान्दर्भिकता अझै बढेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले योग एव्म तन्त्रवद्ध ज्ञान अध्येताका लागि नेपाल विश्वकै मूल गन्तव्य बन्नसक्ने विस्वास व्यक्त गरेकी छिन् ।

यस्तै प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट छुटकारा पाउन योेगविधि महत्वपूर्ण हुने बताएका छन् । ।योगले मनको भाव शुद्ध र सकारात्मक राख्न सघाउने भन्दै उनले चित्तको शुद्धता नै योगको प्रस्थानविन्दु रहेको बताएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *