जेठ २९- टेलिसिरियल ‘बाचा बन्धन’को थिम गीत ‘कान्छी’ सार्वजनिक गरिएको छ । यही जेठ ३१ गते शनिबार बेलुका ७ बजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत आउन लागेको सिरियलको गीत ‘कान्छी’ सार्वजनिक भएको हो ।
गीतमा आकाश मगरको शब्द संगीत र रामचन्द्र काफ्लेको स्वर रहेको छ । यज्ञजंग विक ९आयुष०को कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार सरिता ढुंगाना, प्रशान्त बुढाथोकी (करण) हेमराज घर्ती फिचर्ड छन् ।
पूर्वी रुकुमको सुन्दर दृश्यहरू कैद गरिएको गीतको यज्ञजंग विक (आयुष) को लेखन निर्देशन रहेको छ ।
सिरियलमा कमल बुढाथोकीको प्रस्तुति, कमल र दीपा बुढाथोकीको निर्माण, शिव विकको छायांकन, उमेश थापा मगरको दृश्य सम्पादन, नेत्र विष्टको निर्माण नियन्त्रण छ । नयाँ पुराना गरेर दुई दर्जन बढी कलाकारको अभिनय बाचा बन्धनमा देख्न पाइने जनाइएको छ ।
‘सकम्बरी’ गीतबाट चर्चित कुशुम, ‘जुठे’ सिरियलबाटबाट चर्चित जुनकिरी अनि पहिलो पटक अभिनयमा प्रवेश गरेका प्रशान्त बुढाथोकीको गीतमा त्रिकोणात्मक प्रेम कथा झल्केको देखिन्छ । फिल्मी शैलीमा निर्माण भएको यो सिरियलको पोष्टर र ट्रेलर यसअघि सार्वजनिक भइसकेका छन् ।
Leave a Reply