त्यो मादिम खोलाको उद्दारको दृष्य, जसले लाखौलाई ग्लोबलको अनलाईन न्यूज पोट्रल हेर्न बाध्य बनायो

 ग्लोबल टिभि      बुधबार, असार ९, २०७८      0

ग्लोबल टेलिभिजनको न्यूज पोट्रलमा संप्रेशित एउटा दृष्यले लाखौको मन तान्न सफल भयो । एक साता अघि अविरल वर्षाबाट मादिम खोलामा अलपत्र परेका ९ मजदुर उद्दारको दृष्य थियो । लम्जुङको मध्य नेपाल नगरका प्रमुख रमेश पाण्डेले गरेको उद्दारको दृष्यसहितको समाचार संप्रेशण भएको थियो । जुन संपे्रेशित सामग्रीको अवलकोलन एक करोढ बढीले गरेका छन् । सप्रेशित सामग्री थियो, स्थानीय सरकारको पहलमा ९ जना मजदुरको उद्धार गरेको प्रसंग । एकसाता अघि अविरल वर्षाले लम्जुङको मादिम खोलामा आएको बाढीले मजदुर थुनिएका थिए ।बाढीले मजदुरहरु थुनिएपछि मध्य नेपाल नगरपालिकाका मेयर रमेश पाण्डेको नेतृत्वमा उद्दार भएको थियो ।बाढीले बिचल्लीमा परेका मजदुरको उद्दार गरेको दृष्यले धेरैलाई भावुक मात्रै बनाएन । स्थानीय सरकार वास्तविक घरदैलोको सरकार हो, भन्ने सत्यलाई पुष्टि गरेको थियो । स्थानीय सरकारहरुले चाहेमा विपतमा पनि गज्जबको सारथि बन्न सक्छन् भन्ने यथार्थलाई उक्त दृष्यले सचित्र दर्शाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *