असार ११- प्रतिनिधिसभामा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अड्किएको छ । यसप्रति सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद नै असन्तुष्ट भएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलमा एमालेका सांसद बासुदेव घिमिरेले निजामती विधेयकको विषय उठाएका हुन् ।
यहाँबाट पास भएर जाने र माथि ९प्रतिनिधिसभामा० गएर किन अड्किरहेको भनेर पनि प्रश्न आइरहेको छ’ सांसद घिमिरेले समिति सभापति रामहरि खतिवडाको ध्यानाकर्षण गरे ।
राज्य व्यवस्था समितिबाट पास भएका गएको विधेयकमा रहेका केही महत्त्वपूर्ण विषय चलाउन खोजिएको भनेर कतिपयले आशंका गरेको भन्दै ख्याल गर्न पनि सभापति खतिवडालाई आग्रह गरे ।
निजामती विधेयकमा राजय व्यवस्था समितिले राखेका केही मूलभूत विषय नै चलाउन लागिएको भन्ने सुनिएको भनेर उनले सभापति खतिवडाको ध्यानाकर्षण गरेका हुन् ।
यो विधेयक २१ फागुन २०८० मा आएको थियो । सभामा आएर दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेको थियो ।
२१ फागुन २०८० मा संसदमा आएको उक्त विधेयक राज्य व्यवस्था समितिले २ जेठ २०८२ मा पास भएर अगाडि बढेको हो । यो विधेयक १ असार २०८२ मा पेस भएको थियो ।
Leave a Reply