असार १४- नेपाली कराते स्टार एरिका गुरुङले थाइल्याण्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । उनले सिनियर महिला कुमिते ६८ केजीमा थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरिन् ।
एरिका नेपालका लागि गत वर्ष एसियन सिनियर करातेमा ऐतिहासिक रजत पदक तथा केही साताअघि भएको कराते १ प्रिमियर लिगमा पनि ऐतिहासिक कास्य पदक जितेकी थिइन् ।
थाइल्याण्ड ओपन करातेमा नेपालका लागि अन्य खेलाडीहरूले पनि राम्रो प्रदर्शन गरेका छन् । यू१२ पुरुष कुमिते ३७ केजीमा सम्पन्न बस्नेतले रजत जिते ।
सिनियर पुरुष कुमिते ७५ केजीमा राजिव पुडासैनीले तेस्रो स्थान हासिल गरेका छन् । त्यस्तै सिनियर महिला कुमिते ६८ केजीमा कृतिका अधिकारी तेस्रो भइन् । सिनियर महिला कुमिते ५५ केजीमा सबिना श्रेष्ठले तेस्रो स्थान हासिल गरिन् ।
सिनियर महिला कुमिते ५० केजीमा वर्षा बुढामगर तेस्रो भइन् । यू१४ महिला ५२ केजीमा दिया तामाङ तेस्रो भइन् । पुरुष कुमिते ४५ केजीमा आशिष हरिजन तेस्रो भए ।
यू१४ पुरुष कुमिते ५० केजीमा प्रजल थापा तेस्रो भए ।
Leave a Reply