वरिष्ठ चिकित्सक डा. मुडभरीको कोरोना सङ्क्रमणबाट निधन

 ग्लोबल टिभि           0

काठमाडौं । वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोरोना सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा शनिबार उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन् ।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा गरेका डा मुडभरी ॐ अस्पतालका संस्थापक हुन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्व मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *