प्रतिलिटर दुई रुपैयाँका दरले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

 ग्लोबल टिभि           0

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको हो । २ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ पुगेको छ ।

यस्तै, डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ कायम भएको छ । हवाई इन्धनतर्फ अन्तर्राष्ट्रिय उडानको मूल्य प्रति प्रतिलिटर २० अमेरिकी डलर र आन्तरिक उडानको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ ।

आयल निगमले करिब १८ दिनकै अवधिमा पुनः इन्धनको मूल्य बढाएको हो । यसअघि गत जेठ २३ गतेदेखि लागू हुने गरी पनि निगमले इन्धनको मूल्य २ रुपैयाँ प्रतिलिटरका दरले बढाएको थियो ।

फेरि मूल्य बढाउँदा पनि निगमले घाटा नै रहेको जिकीर गरेको छ । हाल पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ५३ पैसा घाटा रहेको निगमको दाबी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *