सुत्केरीको मृत्यु भएपछि चिकित्सक फरार

 ग्लोबल टिभि           0

सिरहा । शनिबार राति सिरहाको लहानस्थित एक निजी अस्पतालमा डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुखीपुर नगरपालिका–९ वैशाखा गाउँकी २७ वर्षीया आरती साह हुन् । उनलाई डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार दिउँसो ४ बजे भर्ना गरिएको थियो।

राति शल्यक्रिया गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि अस्पतालका चिकित्सक फरार भएका छन् ।

आक्रोशित मृतकका आफन्तहरु रातीदेखि नै प्रदर्शनमा उत्रिएक छन् । उनीहरुले अस्पतालमा तोडफोड गर्नाका साथै उपचारमा लापरबाही गर्ने डाक्टरमाथि कारबाहीको माग गरेका छन् ।

सम्भावित क्षति रोक्न प्रशासनले अस्पताल अगाडि सैयौं सुरक्षाकर्मी तैनाथ गरेको छ । शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ । शिशुलाई अर्को अस्पतालमा सारिएको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *