सिंहदरबारको आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले पुगेको थियो-राजु पाण्डे

 ग्लोबल टिभि           0

असोज १५-   काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले २४ भदौमा सिंहदबारको लागेको आगो निभाउन सबभन्दा पहिले काठमाडौं महानगरको दमकल पुगेका दाबी गरेका छन् ।

बुधबार दिउँसो नगर प्रहरी प्रमुख पाण्डेले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा लेख्दै सिंहदरबारको आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले पुगेको दाबी गरेका हुन् ।

भदौ २३ देखि सुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा प्रदर्शनकारीले सिंहदबारमा तोडफोड र आगजनी गरेका थिए ।

जनस्तरमा काठमाडौं महानगरदेखि नजिकैको देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदबारमा आगजनी हुँदा दमकल नपठाएको भन्दै मेयर बालेन साह र महानगरको जनस्तरमा आलोचना भइरहेको छ ।

नगर प्रहरी प्रमुख पाण्डेले भने सिंहदबारमा आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले गएको कुरा विश्वास नलागे नेपाली सेनाले सोध्न समेत भनेका छन् ।

‘सिंहदरबारमा आगो निभाउन सबभन्दा पहिला काठमाडौं महानगरको दमकल पुगेको थियो । पत्यार नलागे नेपाली सेनासँग सोधे हुन्छ,’ पाण्डेले लेखेका छन् ।

जेनजी आन्दोलनक्रममा प्रदर्शनकारीले सिंहदबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन शीतल निवास, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासहित सरकारी भवन, व्यापारिक प्रतिष्ठान, निजी भवनमा तोडफोड गर्दै आगजनी गरेका थिए ।

राष्ट्रपति भवन रहेको शीतल निवास, सेनाको मुख्यालय जंगीअड्डा नजिकैको सिंहदरबार र सर्वोच्च अदालतको सुरक्षा गर्न नसकेको भन्दै नेपाली सेनाको समेत आलोचना भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *