पहिरोमा पुरिएर तीन जिल्लामा २२ जनाको मृत्यु, ३२ बेपत्ता

 ग्लोबल टिभि           0

असोज १९- अविरल वर्षाका कारण पहिरोमा परी तीन जिल्लाका विभिन्न ठाउँमा २२ जनाको मृत्यु भएको छ ।

शनिबार र आइतबार पहिरोमा परी उदयपुर, रौतहट र इलाममा २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार, पहिरोमा परी इलाममा मात्रै १८ जनाको मृत्यु भएको छ । सातजना बेपत्ता र ६ जनालाई उद्धार गरिएको घिमिरेले बताए ।

रौतहट तीनजनाको पहिरोमा परेर मृत्यु भएको छ । उदयपुरमा एकजनाको मृत्यु र २१ जना बेपत्ता छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *