ग्लोबल टिभि
0
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम गरेको छ । साताको अन्तिम दिन शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९३ हजार ८०० रुपैयाँ पुगेको छ । शुक्रबार तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य भने आज आइतबार स्थिर रहँदै प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ ।
Post Views: 1,056
Leave a Reply