ग्लोबल टिभि
0
शनिबार बिहान काठमाडौं थापाथलीमा ट्रकको ठक्करबाट मोटरसाईकलका चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा दोलखा तामाकोशी गाउँपालिका ३ घर भइ हाल काठमाडौंको बागबजार बस्ने अर्वत खड्का रहेको प्रहरीले बताएको छ ।
थापाथली सभा हल अगाडि माईतीघरमण्डला तर्फ जांदै गरेको प्रदेश ०२–२६ प को मोटरसाइकललाई ट्रकले ठक्कर दिएको हो । विपरीत दिशाबाट आउदै गरेको ना ६ ख ३३०२ ट्रकले ठक्कर दिदा खड्को मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । मोटरसाइकलमा अर्का सवार कृष्ण खड्काको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
Post Views: 1,117
Leave a Reply