मेलम्ची बजार पुनः बग्न थाल्यो

 ग्लोबल टिभि      शनिबार, असार १२, २०७८      0

शनिबार बिहानैदेखि परेको अविरल वर्षाले मेलम्ची पुनः जोखिममा परेको छ । मेलम्चीमा पुनः बाढी आउन थालेपछि कटान शुरु भएको छ । असार १ गते आएको बाढीले क्षतिग्रस्त हेलम्बु–मेलम्ची क्षेत्रमा इन्द्रावती र मेलम्ची नदीले पुन कटान सुरु भएको हो । यसैबीच, नदीमा पुनः लेदो बग्न थालेपछि थप जोखिम बढेको हो । शनिबार बिहानै गोपाल दुलालको तीनतले घर पनि बगाएको छ । असार १ गतेको बाढीले दुलालको घर तलको धानखेत बगाएको थियो । खेत बगाए पनि खोलाले धार परिवर्तन गरेका कारण घर जोगिएका थियो । तर, शनिबार बिहानैदेखि नदीको बहाव बढेसंगै घर बगाएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी खनालका अनुसार असार १ को बाढीको क्षति पुनः दोहोरिन थालेको हो । स्थानीय, प्रदेश र संघीय सरकारले आश्वासन दिएपनि रोकथाम र नियन्त्रणमा चासो नदेखाएको स्थानीयले बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *