व्यक्तिलाई यातना दिने काम अमानवीय र अपराधजन्य : आयोग

 ग्लोबल टिभि      शनिबार, असार १२, २०७८      0

राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिने काम अमानवीय र अपराधजन्य बताएको छ । यातना पीडितहरुको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा शनिबार विज्ञप्ति जारी गर्दै आयोगले अपराधजन्य काम कहिँ कतैबाट पनि नगर्न, र नगराउन भनेको छ। राष्ट्रिय मानव अधिकार आयोगले यातनाका घटनामा संलग्न जो कोही दोषीलाई पनि उन्मुक्ति दिन नहुने बताएको छ । घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन समेत आयोगले आग्रह गरेको छ ।

पछिल्लो समयमा व्यक्तिलाई पक्राउ गरी जानकारी लिने वा साविती गराउने नाममा जुम्ला, रौतहट, चितवन लगायतका जिल्लाहरुमा यातनाका कारण मृत्यु भएको भनी उजुरी आएको आयोगले बताएको छ ।

अनुगमनको क्रममा देशका सबैजसो कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा सरसफाइ, खानेपानीलगायतका विषयमा आयोगले सरकारको ध्यानाकर्षण पनि गराएको छ।
सशस्त्र द्वन्द्वमा पीडिते क्षतिपूर्ति पाएपनि दोषीर्ला कारबाही न्यून भएको समेत आयोगले स्मरण गराएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *