विराटनगरस्थित बालसुधार गृहबाट चार जना बालक भागेका छन् । उनीहरु तीन तलामाथिबाट हाम फालेर भागेको प्रहरीले बताएको छ। तर, ती मध्ये एक जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ । अन्य तीन जना हालसम्म फरार रहेको प्रहरीले बताएको छ।
बालसुधार गृहबाट भाग्दै गरेका बालक झापाका भएको प्रहरीले जानकारी दिएको छ। बालसुधार गृहका प्रमुख पुनः पक्राउ परेका बालकमाथि जबरजस्ती करणी मुद्दामा अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । सङ्खुवासभा, उदयपुर र ओखलढुङ्गा घर भएका तीन जना बालकको खोजी कार्य जारी रहेको मोरङ प्रहरीले बताएको छ।
शनिबार बिहान करिब ३ बजे उनीहरु चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेको उनले बताए । भागेकामध्ये दुई जना जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गरेपछि बालसुधार गृहमा थिए । अदालतले एक जनालाई १२ र एक जनालाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
फरार भएकामध्ये एक जनालाई भने विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पुर्पक्षका लागि राखिको थियो भने । प्रहरीको सहयोगमा भागेका तीनै जनाको खोजी तीव्र पारिएको चौहानले बताए । चौहानले कोरोनामुक्त भएपछि तत्काललाई छुट्टै हलमा राखिएको अवस्थामा बालविझ्याँइकर्ता भागेको बताए ।
प्रदेश १ मा बालबिझ्याइँ र कानुनी द्वन्द्वमा मुछिएका बालकहरुलाई राख्नका लागि विराटनगरमा ५० जना क्षमताको बालसुधार गृह छ । तर अहिले गृहमा चार गुणा बढी एक सय ९५ जनालाई राखिएको छ ।
Leave a Reply