हात्तीको आक्रमणबाट एक जनाको मृत्यु एक जना घाइते

 ग्लोबल टिभि      सोमवार, मंसिर ८, २०७७      0

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका -१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो ।

पत्नी विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरको दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । चेपाङकी पत्नीले भने भागेर ज्यान जोगाएकी छन् । हात्तीको आक्रमणबाट चेपाङको घटनास्थलमै मृत्यु भएको हो ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जले चेपाङ कुनै अनुमति तथा जानकारी बिना नै अनधिकृतरूपमा निकुञ्जको कोर इलाका प्रवेश गरेको जनाएको छ ।

योसँगै निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट चालु आवमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । तीमध्ये तीन जना बाघको आक्रमणबाट, एक जना गैँडाको आक्रमणबाट र एक जनाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

यसअघि निकुञ्जको कोर इलाकामा घरपालुवा हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका माहुतेको समेत मृत्यु भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *