नुवाकोटमा कोभिड नियन्त्रणदेखि सर्वसाधारणको चुलोसम्म अपाङ्ग मानव अधिकार मञ्च

 ग्लोबल टिभि           0
नुवाकोटमा कोभिड नियन्त्रणदेखि सर्वसाधारणको चुलोसम्म अपाङ्ग मानव अधिकार मञ्च विदुर । जर्सी ओभरसिज ऐड र ह्याण्डिक्याप इन्टरनेशनलको साझेदारीमा अपाङ्ग मानव अधिकार मञ्च, विदुर नुवाकोटद्धारा संचालित कोभिड–१९ आपतकालिन प्रतिकार्य परियोजना अन्र्तगत विदुर नगरपालिका र त्रिशुली अस्पतालसँग समन्वय गरी कार्यक्रम संचालन गरेको छ ।
यस परियोजना अन्र्तगतबाट त्रिशुली अस्पतालमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री साथै अस्पतालको बृहत क्षति व्यवस्थापन योजना निर्माण गर्न सहयोग गरेको छ । त्यसैगरी सार्वजनिक सूचना प्रवाह माध्यम डिजिटल बोर्ड र सेवाग्राहीहरुको लागि स्वास्थ्य सम्बन्धी जानकारी दिनको लागि सूचना कुना (आई. ई. सि. कर्नर) को स्थापना गरिए सेवा सञ्चालन समेत गरेको छ । भने जहाँ अस्पतालबाट प्रकाशित गरिएको स्वास्थ्य सम्बन्धि सूचना सामाग्री रहने बताइएको छ ।
अस्पतालमा आउने सम्पुर्ण सेवाग्राहीको लागि अपाङ्गता मैत्री स्वाचलित शुद्ध खानेपानी धाराको स्थापना गरिएको छ ।  कोरोनाकालमा अस्पतालमा अग्रपक्तिमा रहेर कार्य गर्दै आएका अस्पताल कर्मचारी र अस्पताल विकास समितिका १५ जना स्वास्थ्यकर्मीका लागि यातायात तथा प्रेषण र बिमा सहयोग कार्य पनि गरिरहेको छ । अस्पतालमा आउने अपाङ्गता भएका बिरामी हरुको लागि प्राथमिकता पाउने गरि एक थान आसियु बेड लगायत अन्य स्वास्थ्य सामाग्री पनि वितरण गर्न लागिएको छ ।
त्यसै विषयमा जानकारी दिँदै त्रिशुली अस्पतालका मे.सु. डा. दिपेन्द्र पाण्डेले कोरोना कालमा त्रिशुली अस्पतालको स्तरोन्नतिका लागि सहकार्य गरी अस्पतालको आवश्यकता अनुसार कार्य गरी सेवाग्राही र कर्मचारीहरुको मनोबल उच्च राख्न सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गरेका छन् ।
अस्पताल बिकास समितिका अध्यक्ष् अर्जुन न्यौपानेले विषम परिस्थ्तिीमा पनि अस्पतालसँग सहकार्य गरि अस्पतालको सेवा र गुणस्तर माथि उकास्न यो सस्था को सहयोगको उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए ।
सामाजिक आर्थिक रुपमा कमजोर रही संकटासन्न अवस्थामा रहेको अपाङ्गता भएका व्यक्ति, गरिब, विपन्न, जेष्ठ नागरिक, एकल तथा बेसाहारा परिवार, सुत्केरी महिलाहरुको पहिचान गरी विदुर नगरपालिकाका सबै वडाहरु सँग समन्वय गरी १२४ घर परिवारलाई प्रति परिवार १३५०० बराबरको खाद्यन्न तथा स्वच्छता सामाग्री सहयोग कार्यक्रम संचालन गरिसकेको छ । साथै उक्त कार्यक्रमबाट समग्र वडा भित्र रहेका संकटासन्न अवस्थमा मानिसहरुलाई जीवनयापनमा सहज भएको विदुर १० का वडा अध्यक्ष गणेश कुमार नेपालले बताए।
यस परियोजना सरकारी सुरक्षा प्रणली अनुसार औषधी उपचार, पोषणयुक्त खाना, शैक्षिक सामाग्री सहयोगका लागि विभिन्न गरी ६५ जना सुत्केरी महिला, जेष्ठ नागरिक, दिर्घरोगी र कोभिड प्रभावित तथा अपाङ्गता भएका र बालबालिकाहरुको लागि सहयोग कार्यक्रम संचालन गरिरहेको परियोजनाका कार्यक्रम अधिकृत गोकर्ण पुडासैनीले बताए । त्यस्तै पहिरो प्रभावित मनसुन प्रभावित विपन्न तथा गरिब परिवारको पहिचान गरी १२ परिवारलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रमका सामाजिक परिचालक नरेन्द्र तामाङ्गले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *