ग्लोबल टिभि
0
काठमाडौं । जिल्ला कमिटी सदस्य मुकेश चौरसिया हत्या सम्बन्धमा वीरगञ्जकी गुडिया देवीले दिएको किटानी जाहेरीमा जिल्ला न्यायधीवक्ताको कार्यालयले प्रहरीलाई अनुसन्धानका लागि निर्देशनात्मक सिफारिस समेत गरेपछि प्रहरीले आरोपीहरुको खोजी कार्य गरेको थियो ।
पर्साको बिन्दवासिनी गाउँपालिकाको प्रसौनी भाठामा कात्तिक ६ गते नेकपाको गाउँ पालिका कमिटीको शपथ ग्रहण कार्यक्रम चलिरहेकै बेला नेकपाभित्रकै अर्को पक्षले आफूहरुलाई कार्यक्रममा नबोलाइएको भन्दै विवाद सुरु गरेको थियो ।
विवाद बढ्दै जाँदा भएको झडपमा परी दर्जनबढी घाईते भएका थिए । ती घाइतेमध्ये चौरसियाको सोही दिन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले मुकेश हत्याका मुख्य आरोपी अखिलेश प्रसाद चौरसिया भन्ने अशेसरप्रसादलाई पक्राउ गरेको हो ।
Post Views: 1,074
Leave a Reply